जोडिनुहोस
  • होमपेज
  • महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलन आज तेस्रो दिन पनि जारी

महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलन आज तेस्रो दिन पनि जारी

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ।

उनको आन्दोलनमा देशभरबाट ऐक्यवद्धता जनाउने काम भइरहेको छ। उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने,  कोष  खडा गर्नुपर्ने,  वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, अनुसन्धान लाई प्रवर्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिनुपर्ने,पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने जस्ता माग गरेका छन्। उनको आन्दोलमा विभिन्न राजनीतिक दलले ऐक्यवद्धता जनाए पनि सरकारले हालसम्म कुनै चासो देखाएको छैन।

आन्दोलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आन्दोलनका बारे जानकारी गराएका थिए। तर, निरन्तर आन्दोलनमा भए पनि सरकारले कुनै मुख खोलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका