जोडिनुहोस
  • होमपेज
  • इन्सपेक्टरले कुटे प्रहरी हवल्दारलाई

इन्सपेक्टरले कुटे प्रहरी हवल्दारलाई

सुर्खेत : जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले विनाकारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन्। उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटेका हुन्।

जिल्ला कारागार,  डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाउँपालिका-३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ।

‘बिदाको दिन म साथीहरूसँग बसेर रमाइलो गरिरहेको थिएँ। इन्सपेक्टर साबले बोलाउनुभयो। म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरे पनि उहाँलाई भेट्न गएँ तर उहाँले मलाई एक्कासी कुटपिट गर्नुभयो’‚ उनले भने, ‘कुटपिटबाट मेरो बायाँ आँखामा ठूलो चोट लागेको छ। हेर्न पनि गाह्रो भइरहेको छ। नाकमा चोट लागेको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए। अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका