जोडिनुहोस
  • होमपेज
  • महावीर पुनका माग पुरा गर्न सरकारसँग कांग्रेस महामन्त्री शर्माको माग

महावीर पुनका माग पुरा गर्न सरकारसँग  कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैज्ञानिक महावीर पुनका माग पुरा गर्न सरकारसँग माग गरेका छन् ।

आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने उनले बताएका हुन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय  प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

आविष्कार र नवप्रवर्तनका लागि हरेक वर्ष संघीय र प्रदेश सरकारले बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका केही माग राख्दै पुनले शुक्रबारदेखि आन्दोलन जारी राखेका छन् । उनलाई केही राजनीतिक दल र नागरिक समाजका अगुवाले समर्थन जनाएका छन् ।

त्यतिमात्र होइन पुनको आन्दोलनको समर्थनमा देशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका