जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा १४ वर्षीया दुईजना बालिकालाई बलात्कार गरेको आरेपमा एक जना पक्राउ

भक्तपुरमा १४ वर्षीया दुईजना बालिकालाई बलात्कार गरेको आरेपमा एक जना पक्राउ

क्तपुर–  भक्तपुरमा १४ वर्षीया दुईजना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाइ फकाई शुक्रबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका