जोडिनुहोस

देश

थुनिएको अरुण नदी खोलियो

  • Sagarmatha TV
  • आइतवार, बैशाख १७, २०८०
थुनिएको अरुण नदी खोलियो

सुक्खा पहिरो झरेर थुनिएको अरुण नदी खुलेको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर नदी प्रवाह रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले दिउँसो साढे २ बजेदेखि थुनिएको नदी आफ्नै बहावमा फर्किएको बताए । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए ।

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा आइतबार बिहान पहिरो खसेको थियो । त्यसक्रममा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका