जोडिनुहोस
  • होमपेज
  • आज सोमबार, यस्तो छ आजको राशिफल

धार्मिक

आज सोमबार, यस्तो छ आजको राशिफल

  • Sagarmatha TV
  • सोमवार, बैशाख १८, २०८०
आज सोमबार, यस्तो छ आजको राशिफल

आजको राशिफल

मेष

मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला ।

वृष

वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । समयमा काम सकाउन मुस्किल पर्नेछ । शरिरमा आलस्यता उत्पन्न हुनेछ । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरि मनग्य आम्दानि गर्न सकिनेछ ।

कर्कट
कर्कट राशिका लागि आज समय राम्रो छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा आउने छ । मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह

सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । पढाई लेखाईमा प्रगति हुने छ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । स्वास्थ्यमा सुधार आउने छ ।

कन्या
कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । सहकर्मीबाट असहयोग हुनेछ । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् ।

तुला

तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्नेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ ।

वृश्चिक
वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । पैसा माग्नेदेखि सजक रहनुहोला । तपाईलाई आश्वासन मात्र बाँढन्छन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घ

धनु

धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँनेछन् । शत्रुहरु सलबलाउँनेछन् । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

मकर

मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो यात्रा हुनेछ ।

कुम्भ
कुम्भ राशिका लागि पनि आज दिन राम्रो रहेको छ । कामबाट राम्रो आम्दानी हुनेछ । नयाँ कामको सुरुवात हुने छ । पद प्राप्तिको योग रहेको छ ।

मीन
मीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा सफलता हात लाग्ने छ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । धन प्राप्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका