जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रूपमा सञ्चालन

सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रूपमा सञ्चालन

तातोपानी – सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज सोमबारदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप दुईतर्फी आयात निर्यात सुरु भएको हो । आज बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन्।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबिच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुला भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका