जोडिनुहोस
  • होमपेज
  • राजनीति विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल

राजनीति विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताएका हुन् ।

‘राजनीतिमा अनेकौँ फोहोर मैला जमेका छन् । त्यसलाई सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको छ’, अध्यक्ष नेपालले भने, ‘किनभने यो विकृत भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष तथा श्रमजीवी सर्वहाराको पक्षमा आफ्नो पार्टी उभिन चाहेको भन्दै ट्रेड युनियनका कार्यकर्तालाई पनि त्यस दिशामा केन्द्रित गर्न निर्देशन दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका