जोडिनुहोस
  • होमपेज
  • सभापति रवि लामिछनेलाई संसदीय दलको नेता बनाउन पार्टी केन्द्रीय समितिको निर्देशन

सभापति रवि लामिछनेलाई संसदीय दलको नेता बनाउन पार्टी केन्द्रीय समितिको निर्देशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछनेलाई संसदीय दलको नेता बनाउन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

आजै बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने उनले बताए।

यसअघि नागरिकता विवादमा सांसद पद गुमेपछि उपसभापति डोलप्रसाद अर्याल संसदीय दलको नेता बनेका थिए।

वैशाख १० को उपनिर्वाचन जितेर आएपछि सभापति लामिछानेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने भन्दै अर्यालले शनिबार राजीनामा दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका