जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन् । सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताए ।

‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ । हामी आयोग बनाउने तयारीमै छौं प्रचण्डले भने, ‘मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि, सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं ।’ सबैभन्दा ठुला भ्रष्टाचारीले

भ्रष्टाचारीको छानविन गर्नुपर्यो भन्ने गरेको भन्दै प्रचडले आश्चार्य प्रकट गरे । ‘सबैभन्दा ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानविन हुनुपर्यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्छ। तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन। भ्रष्टाचारको छानविन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।’ प्रचण्डले भने । विश्व भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमामा मुनाफाको होड र अव्यवस्थित विकासका कारण विश्वले निकै ठूला चुनौतीको सामना गरिरहेको प्रचण्डले जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका