जोडिनुहोस
  • होमपेज
  • रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन

रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् ।

गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानेलाई चयन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका