जोडिनुहोस
  • होमपेज
  • जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन नसके सरकार प्रति औंलो ठडिने धारणा राखे । अध्यक्ष नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले ठूला दलहरू सतर्क बन्नुपर्ने र कमिकमजोरीहरू खोजिनुपर्ने जिकिर गरे ।

उनले संविधानमा मौलिक अधिकार र सामाजिक सुरक्षालाई प्रत्याभूत गरेको बताए । मुलुकको युवा पलायनलाई रोक्नका लागि पनि सामाजिक सुरक्षा योजना निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका