जोडिनुहोस
  • होमपेज
  • वर्तमान सरकारले केही पनि गर्न सक्दैन : केपी ओली

वर्तमान सरकारले केही पनि गर्न सक्दैन : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ? भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरिहता मात्रै प्रकट गरिरहेको जिकिर गरे।

ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उनले बताए।

अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं। अहिले  चौंतर्फी ढंगले अनेक प्रकारका तत्वहरु, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरुको विरुद्ध सक्रीय भएर सल्बलाउन थालेका छन्। कोहीकोही दुलाबाट फुत्त निस्केलानकि जस्तो गरेर दुलोबाट मुसोले विरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजग हुनु पर्दछ। र, अहिलेको सरकार सरकारमा किन बसिरहेको छ? जनताले हटाउन सकिराखेका छैनन्। केही पनि गर्न नसक्ने सरकार।’

त्यस अवसरमा ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढन सबै मजदुरहरुलाई एकतावद्ध हुन आह्वान गरे।

मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो  बल भएको उनले स्मरण गराए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका