जोडिनुहोस
  • होमपेज
  • आइपीएल : लखनउमाथी बेंग्लोरको जित

आइपीएल : लखनउमाथी बेंग्लोरको जित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरलले इन्डियन प्रिमियर लिग(आइपीएल)मा लखनउ सुपर जायन्ट्सलाई हराएको छ। घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनायो । लखनयका लागि कृष्नपा गौथमले २३ तथा अमित मिश्राले १९ रन बनाए । मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३ रन बनाए ।

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले समान २२ तथा मोहम्मद सिराज,ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४४ तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए । दीनेश कात्र्तिकले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लखनउका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २/२ विकेट लिए । नौं खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका