जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदैछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतबार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि अर्थात् मङ्गलवार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लीलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहीबार ढलेको थियो । सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना विभागीय रहेका छन् ।

विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका