जोडिनुहोस
  • होमपेज
  • धादिङमा भासिएको पुल अझै बनेन, एकतर्फी भए पनि सडक खोल्ने तयारी

धादिङमा भासिएको पुल अझै बनेन, एकतर्फी भए पनि सडक खोल्ने तयारी

धादिङ । धादिङको गणेश खोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सडक अवरुद्ध छ ।

अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।

१८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारी साधन हिजोदेखि अलपत्र छन् । यद्धपी, गल्छी–नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौँ भित्राउने र काठमाडौँ बाहिरबाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका