जोडिनुहोस
  • होमपेज
  • जलेश्वर कारागारका फरार थुनुवा २५ दिनपछि पक्राउ

जलेश्वर कारागारका फरार थुनुवा २५ दिनपछि पक्राउ

जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्।

उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका-३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी भएपछि चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोजप्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो । शौचालयमा पिसाब गर्न पसेपछि भेन्टिलेसन फोडेर फरार भएका थिए ।

पक्राउ परेका यादवमाथि थुनुवा बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका