जोडिनुहोस
  • होमपेज
  • देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली

देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताएका हुन् ।

कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। अध्यक्ष ओलीले ले भने, ‘देश असाध्यै अप्ठ्यारो असहज स्थितिमा छ । देशमा राजनीतिक स्थिरताको स्थिति छैन । देश अस्थिरतातिर गइरहेको छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्त्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीति हीनतामा जाने भयो ।’

चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताए । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । त्यस्तै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रम आफूहरूले बनाए पनि पछि तोडमोड गरेकाले जनताको पक्षमा केही काम नहुने ओलीले जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका