जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन जितेर सांसद बनेका उपेन्द्र यादवले लिए शपथ

उपनिर्वाचन जितेर सांसद बनेका उपेन्द्र यादवले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका