जोडिनुहोस
  • होमपेज
  • एमालेलाई बदनाम गर्न महालेखा पछि लाग्यो : केपी ओली

एमालेलाई बदनाम गर्न महालेखा पछि लाग्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आोरोप लगाएका छन् ।

मंगलबार ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सवै तत्वहरु विरोधमा उत्रेको बताएका हुन् । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।

‘हाम्राविरुद्ध प्रतिकृयावादी तत्वले हमला गरेको छ, जनतामा भ्रम फिजाउने काम गरेको छ’, अध्यक्ष ओलीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसावकिताव होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ । साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’

उनले धरहराजतिको अग्लो, ४५ मिटर मुनिबाट जग खनेर बनाएको उक्त टावर गजुर राख्दा एकसय मिटर हुने तर त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भनेर प्रश्न गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘त्यहाँ मेडिकल कलेज चलाउने हो भने अट्छ, क्याम्पस चलाउने हो भने दुईवटा चलाउन सकिन्छ । तर महालेखा परीक्षक हिसाब हेर्ने होइन बरु हिसाब नगरी त्यत्रो पैसा लगानी गरेर भवन बनाउने हो ? यो गलत हो भन्छ’, ओलीको भनाइ छ ।

उनले महालेखाले सरकारले कुन काम गर्छ भनेर हेर्र्ने नभई हिसाब गर्नेमात्र भएको बताए । ‘सरकारले कुन काम गर्छ ? कुन योजना बनाउछ, कसरी विकास गर्छ ? भन्ने महालेखा परीक्षकको काम होइन, हिसाबमात्र हेर्ने काम हो । पण्डित त हिसाब हेर्न छोडेर एमालेकाविरुद्ध पछिपछि पो लागेछन् । यो भन्दा अघि पनि त्यसै गरेका छन् । एमालेविरोधी तत्त्व जसरी हुन्छ एमालेको बदनाम र विरोध गर्छ’, ओलीले आक्रोश पोखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका