जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु

रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु

काठमाडौँ । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ ।ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित एक घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन् । थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका