जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार कीर्तिपुरस्थित खेल मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाली टोली एसिया कपमा छनौट भएको थियो ।

यस अवसरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेका हुन् ।

‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु’, राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका