जोडिनुहोस
  • होमपेज
  • चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ— इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३—१ गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । गाब्रियल जिससले एक गोल थपे ।

चेल्सीका नोनी माडेउकेले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २(० को अग्रता दिलाए ।

खेलको ३४ औं मिनेटमा जिससले गोल गर्दा आर्सनल पहिलो हाफमा ३० ले अघि रह्यो ।

त्यसपछि खेलको ६५ औं मिनेटमा चेल्सीका नोनीले एक गोल गरेपनि आर्सनल ३(१ ले विजयी भयो ।

जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलले ३४ खेलमा ७८ अंक जोडेको छ ।

चेल्सी ३३ खेलमा ३९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका