जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ । फ्रेन्ड्स १३ खेलमा १५ अंक जोडेर १२ स्थानमा रहेको छ । चर्च ब्वाइज सातौं जितको खोजीमा हुनेछ । चर्च ब्वाइज १३ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

आर्मी आज छैटौं जितको योजनामा हुनेछ । आर्मी १३ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १३ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज सातौं जित निकाल्न चाहन्छ । सातदोबाटो १३ खेलमा २२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हिमालयन चौंथो जितको योजनामा हुनेछ । हिमालयन १३ खेलमा १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका