जोडिनुहोस
  • होमपेज
  • हिम पहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो

हिम पहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो

कैलाली । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिम पहिरोमा परी बेपत्ता ५ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्तामध्ये ३ जना डोटी बुडरका छन् भने २ जना दार्चुलास्थित व्याँसको छिमेकी दुँहु गाउँपालिकाका छन् ।

डोटीको जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अहिलेसम्म फेला परेकी छैनन् ।

यस्तै उक्त हिम पहिरोमा परी दुँहु गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा हिमपात भइरहेको छ । बाक्लो हिउँ र अँध्यारो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो ।

अहिलेसम्म मौसममा सुधार आएको छैन । केही बेरपछि पुन: उद्धार टोली पठाइने इन्सपेक्टर सिंहले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका