जोडिनुहोस
  • होमपेज
  • साउदी अरब गएको भन्दै मेस्सी निलम्बित

साउदी अरब गएको भन्दै मेस्सी निलम्बित

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् । मेस्सीले पछिल्लो पटक आइतबार लोरिएन्टविरुद्धको खेल खेलेका थिए ।

३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ ।

क्लबले मेस्सीलाई जरिवाना समेत गरेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ। मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका