जोडिनुहोस
  • होमपेज
  • वैशाख २४ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २४ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले आगामी वैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि संसदको हिउँदे अधिवेशन वैशाख १५ देखि समाप्त भएको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेट प्रस्तुत र पारितसम्मका गतिविधिहरु हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका