जोडिनुहोस
  • होमपेज
  • नेपालले पहिलो पटक भारत र पाकिस्तानसॅंग खेल्ने

नेपालले पहिलो पटक भारत र पाकिस्तानसॅंग खेल्ने

काठमाडौं । नेपालले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने भएको छ । नेपालले मंगलबार एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट भएसँगै भारत र पाकिस्तानसँग खेल्ने भएको हो ।

एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । एसीया कपमा नेपाल विश्व क्रिकेटका शक्तिशाली मुलुक भारत र पाकिस्तानसॅंग समूह ए मा छ ।

समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कपमा छनोट भएसॅंगै नेपालले आफ्नो क्रिकेट इतिहासकै सर्वाधिक दुई ठूला टोली भारत र पाकिस्तानसँग खेल्नेछ ।

नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो । सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा पुगेको थियो । तर भारत र पाकिस्तानको आन्तरिक राजनीति र विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका