जोडिनुहोस
  • होमपेज
  • जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारवाही गर्नुपर्छ: महेश बस्नेत

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारवाही गर्नुपर्छ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही हुनुपर्ने नेता बस्नेतले बताए ।

यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने कुरा उचित छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गर्नुपर्दछ ।’

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका