जोडिनुहोस
  • होमपेज
  • सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार हिरासतमा राखिने भएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न लागेको हो ।

उनी बुधबार राजधानीको पेप्सिकोलाबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनीबारे अदालतबाट म्याद लिइएसँगै पाण्डेमाथि थप अनुसन्धान सुरु भइसकेको बताए ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका