जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्र आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १३ खेलमा १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

संकटा पनि पाँचौं जितको खोजीमा हुनेछ । संकटा १३ खेलमा १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ आज छैटौं जितको योजनामा हुनेछ । एपीएफ १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

एनआरटी पाँचौं जितको खोजीमा हुनेछ । एनआरटी १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका