जोडिनुहोस
  • होमपेज
  • सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र

बुटवल । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

गत सोमबार पनि बोर्डले एउटा धितोपत्र व्यापारी, एक पूर्ण कारोबार गर्ने ब्रोकरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

बोर्डले एलओआई प्रदान गरेपछि पूर्वाधार तयार गर्न कम्पनीलाई निर्देशन दिनुपर्ने व्यवस्था गरेको छ । एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गर्न पत्र प्राप्त भएको मितिले ६ महिनामा पूर्वाधार तयार गरीसक्नुपर्ने हुन्छ ।

एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गरेर बोर्डमा जानकारी प्राप्त भएको ३० दिन भित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गरी पूर्वाधार पर्याप्त भएमा व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका