जोडिनुहोस
  • होमपेज
  • सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।

बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।

सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।

यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।

यो प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत समेत पक्राउ परिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका