जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

एटलान्टा । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन् । गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ ।

एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ । उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ।

घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका