जोडिनुहोस
  • होमपेज
  • मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण छ : अध्यक्ष ढकाल

मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् ।

बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताए । ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहेको बताए ।

उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताए । उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए ।

अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौती आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए ।

उनले निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको बताए । उनले मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको दाबी गरे ।

उनले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतीबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गरे ।

उनले ग्रिल तथा स्टिल व्यवसायलाई सरकारले केही न केही व्यवस्थित बनाउनुपर्ने बताए । उनले उद्योग दर्ता गर्न नदिने हो भने विदेशबाट आयात गर्नुपर्ने र भएका व्यवसायीहरु पनि पलायन हुनुपर्ने अवस्था आउने बताए । उनले ग्रिल तथा स्टिल व्यवसायलाई बलिया बनाउनको लागि दरिलो नीतिगत व्यवस्था आवश्यक रहेको बताए ।

उनले बैंकहरु लगानीकर्ता, उद्यमीलाई चर्को ब्याजदर असुलीतर्फ गइरहेको बताए । उनले बैंकको ब्याजदर उच्च भइरहे उद्योग व्यवसाय फष्टाउन नसक्ने दाबी गरे । उनले सरकारले उत्पादन, देशको पूर्वाधार विकास, जलविद्युत क्षेत्र गरी पब्लिक प्राईभेट पार्टनरसिपमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

त्यस्तै, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगीहरुलाई संरक्षण आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थामा घरेलु तथा साना उद्योगहरु नविकरण गर्न नसक्ने बताए ।

उनले घरेलु तथा साना उद्योगहरुले बैंकबाट दिएको कर्जामा पुनःताजकिकरण गर्न माग गरे । उनले राष्ट्र बैंकले लघु, घरेलु, साना उद्योगीहरुका लागि छुट्टै एउटा बास्केटमा राखेर उनीहरुको ब्याजदरमा पनि सहुलियत हुनुपर्ने बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका