जोडिनुहोस
  • होमपेज
  • रुसका १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी

रुसका १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी

काठमाडौँ । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । रुसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरूसमेत आक्रमण गरे पछि तनाव बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रमण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठुला ठुला मुस्लो उठेको थियो ।

युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफ्नो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरूमा आक्रमण गरी ध्वस्त बनाइएको बताए ।

उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठुला तेल भण्डार माथि आक्रमण गरी ध्वस्त बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका