जोडिनुहोस
  • होमपेज
  • केन्द्रीय कमिटीअघि एमालेले बोलायो सचिवालय बैठक

केन्द्रीय कमिटीअघि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ । फागुन ६ गतेदेखि सुरु भएको उक्त अभियान वैशाख ६ मा सकेर प्रदेशस्तरीय समीक्षा समेत गरिसकेको छ ।

केन्द्रीय कमिटी बैठकमा ग्रासरुट अभियानको समग्र समीक्षासहित नेताहरूको जिम्मेवारी समेत हेरफेरको निर्णय हुनसक्ने नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका