जोडिनुहोस
  • होमपेज
  • अपराध संहिता अध्यादेश : अनुचित लेनदेन गरे ७ वर्ष कैद र ७० हजार जरिवाना

अपराध संहिता अध्यादेश : अनुचित लेनदेन गरे ७ वर्ष कैद र ७० हजार जरिवाना

काठमाडौ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधनसहित हालै जारी अध्यादेशमा तोकिएभन्दा बढी व्याज लिएको पाइए ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘क’ मा सजायको व्यवस्था गरिएको छ । अध्यादेश राजपत्रमार्फत सार्वजनिक भएको छ । अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा चल सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्नेछ ।

मिटरव्याजीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले हालै अध्यादेश जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका