जोडिनुहोस
  • होमपेज
  • आज आइतबार, यस्तो छ तपाईँको राशिफल

आज आइतबार, यस्तो छ तपाईँको राशिफल

मेष—आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।

मिथुन— धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह – आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला -आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

धनु – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् ।

कुम्भ – लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

वृष – आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल हुन सक्छ ।

कर्कट-स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या- अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृश्चिक -आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ ।

मकर – आज ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदारीको काममा सहयोग मिल्नेछ ।

मीन – आज दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर र नोक्सानी बेहोर्नु पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका