जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनको मूल्य, चाँदीको स्थिर

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तय गर्दै शुक्रबारको तुलनामा १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । जुन, प्रतितोला १ हजार २०० रुपैयाँले घटेर आज आइतबार कारोबारमा आएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साताको शुक्रबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका