जोडिनुहोस
  • होमपेज
  • सोलुमा भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

सोलुमा भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

सोलखुम्बु । भारतीय राजदूत र सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास गरेका छन् । शनिबार शिलान्यास गरिएको उक्त भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।

‘यस परियोजनाले सोलुखुम्बु जिल्लाका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन भारतीय अनुदान सहयोगअन्तर्गत प्रदान गरिएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनाइ छ ।

खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२०० भन्दा बढी घरलाई बिजुली उपलब्ध गराउन सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत् परियोजनाको स्तरोन्नति गरिएको थियो । यस बाहेक सन् २०२२ मार्चमा खुम्जुङ, खुन्दे र नाम्चे बजारका मानिसहरु लाभान्वित हुने गरी खुम्जुङ खुन्दे खानेपानी परियोजनाको कार्यान्वयनमार्फत खानेपानी सेवाको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका