जोडिनुहोस
  • होमपेज
  • पोखरीमा डुबेर जनकपुरमा जुम्ल्याहा दाजुभाइको मृत्यु

पोखरीमा डुबेर जनकपुरमा जुम्ल्याहा दाजुभाइको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब सवा ७ बजेको समयमा नुहाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिका–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडि रहेको पोखरीमा दुवै बालक डुबेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जनाएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेको थियो ।

प्रहरीले पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगे पनि चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेका थिए ।उनीहरूको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका