जोडिनुहोस
  • होमपेज
  • नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् ।

आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ । पौडेलले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति गरी कार्यभार तोकेका हुन् ।

1 मन्त्रीहरुको शपथ_विज्ञप्ति_ Final

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका