जोडिनुहोस
  • होमपेज
  • एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

काठमाडौं । नेकपा एमालेले २८ वैशाखमा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

४ मंसिरको आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । उक्त बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका