जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण ४ जनाको मृत्यु, २५ घाइते

अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण ४ जनाको मृत्यु, २५ घाइते

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।

खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

त्यसैगरी करिब ३०० आवासीय घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । कामा, लालपुर, गोष्टा, कोज कुनार जिल्ला र नान्गार्हार लगायतका प्रान्तका अन्य केही क्षेत्रको हजारौँ एकड खेतीयोग्य जमिनमा आएको बाढीका कारण क्षति पुगेको हो । स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा वर्षा र बाढीका कारण भएको क्षतिका तस्बीर सार्वजनिक गरेका छन् । स्थानीय बासिन्दाले बाढीपीडित परिवारलाई सहयोग गर्न सहयोगी संस्थाहरूलाई आग्रह गरेका छन् ।

यसैबीच, तीव्र हावासँगै आएको भारी वर्षाले उत्तरी बल्ख, समंगन, तखार, कुन्दुज र बाघलान प्रान्तमा खेतबारी र बगैचामा व्यापक क्षति पुर्याएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको मौसम विज्ञान विभागले मौसम थप जटिल हुनसक्ने भविष्यवाणी गरेको छ । गत अप्रिलको शुरुमा तालिबानको नेतृत्वमा रहेको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका ३१ प्रान्तमा अचानक आएको बाढी र भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको बताएका थिए ।

प्राकृतिक प्रकोपका कारण ८ सय ४८ गाईवस्तु, १ सय ५५ आवासीय घर, १ हजार २ सय ४२ घरमा आंशिक क्षति पुगेको र ७ हजार १०६ एकड खेतीयोग्य जमिनमा भौतिक तथा आर्थिक क्षति भएको उनले उल्लेख गरेका छन् ।

अफगानिस्तानका नौ प्रान्तहरू पहिले भारी वर्षा, हिउँ र पानीबाट गम्भीर रूपमा प्रभावित भएका थिए जसमा बाल्ख, जाबुल, फर्याब, उरुजगान, निमरोज, नान्गाहार, कुनार, नुरिस्तान र लघमान लगायतका छन्। भारी वर्षाका कारण ७५६ भन्दा बढी घर आंशिक वा पूर्णरुपमा ध्वस्त भएका पनि उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका