जोडिनुहोस
  • होमपेज
  • हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको रक्षामन्त्रीको दावी

हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको रक्षामन्त्रीको दावी

रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको हतियार खरिदमा आफ्नो कुनै भूमिका नभएको प्रष्ट पारेका छन् । सेनाले महंगो मुल्यमा ६ अर्ब बरावरको एपीसी,हतियार र गोली खरिद गर्ने तयारी गरिरहेको बेला रक्षामन्त्री खड्काको यस्तो भनाई आएको हो ।

खड्काले सामाजिक संजालमा लेख्दै भनेका छन्-  केही दिन देखि मेरो नाम समेत जोडेर केही संचारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ। म रक्षामन्त्री भएदेखि रक्षामन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।

सेनाको हतियार खरिदमा एजेण्ट नै परिवर्तन गरेर कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका भाई लोकेन्द्र कार्की, नेतृ आरजु राणाका भाई भुषण राणा र सेनाको शान्ति सेना हेर्ने निर्देशनालयका प्रमुख सन्तोषवल्लव पौडेलको मिलेमतोमा चीनबाट ठुलो संख्यामा गोली,एपीसी र हतियार ल्याउने तयारी भएको हो ।

यसमा कमिशनको ठुलोखेल भएको सैनिक अधिकारीहरु नैबताउंछन् । रक्षामन्त्री खड्का मन्त्री नियुक्त भएसंगैयो प्रक्रिया छिटो अघि बढेको हो । खड्काकै सक्रियतामा सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिद समेत अघि बढाउन खोजेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका