जोडिनुहोस
  • होमपेज
  • मुगुमा हिमपहिरो : बेपत्ताको खोजीका लागि सेनाको हेलिकप्टर पुग्यो मुगु

मुगुमा हिमपहिरो : बेपत्ताको खोजीका लागि सेनाको हेलिकप्टर पुग्यो मुगु

सुर्खेत । हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ । शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरु हिमपहिरोमा परेर बेपत्ता भएका थिए । यद्यपि घटना भएको शनिबार मात्र थाहा भएको थियो । सोमबार बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका हुन् ।

हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको उनले बताए । अब फर्किएर पुनः थप सुरक्षाकर्मी लगेर घटनास्थलतर्फ जाने छ । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।

जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थियो । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका