जोडिनुहोस
  • होमपेज
  • ३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार

३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले १८ अर्ब १८ करोड रुपैयाँ पुरानो नवीकरण गरेर १२ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको बैंकले जनाएको छ ।

सोमबार बोलकबोल हुने ट्रेजरीको निष्कासन मंगलबार अर्थात् वैशाख २६ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले वैशाख १७ गते २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका