जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एव्म नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

सो क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।

उनले बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त समेत गरे । अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे । नेपालले भियतनामबाट मसला(मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र बिरालोको खाना निर्यात गर्दै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले भियतनामले तीन दशक अघि लागू गरिएका आर्थिक सुधारका कदमहरूको फलस्वरूप भियतनामले हासिल गरेको उच्च आर्थिक वृद्धि प्रति खुसी पनि व्यक्त गरे । भेटमा पूर्व गृहमन्त्री तुआनले बौद्ध जन्मस्थल धेरै भियतनामीका लागि पवित्र स्थलको रूपमा रहेको उल्लेख गर्दै सिधा हवाई सेवा सुचारु गर्न तथा व्यापार घाटा घटाउनका लागि पनि पहल गर्ने बताएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्मा जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका