जोडिनुहोस
  • होमपेज
  • स्वतन्त्र सांसद अमरेश सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसद मैनालीको माग

स्वतन्त्र सांसद अमरेश सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसद मैनालीको माग

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएपछि शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका